सर्वदलीय बैठक आह्वान, आजै सांसदहरूको सपथ

हेटौंडा टुडे
७ पुष २०७९, बिहीबार १०:३३

हेटौडा। संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक बोलाइएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद्को ज्येष्ठ सदस्यको रुपमा राप्रपा नेता पशुपतिशमशेर राणाले पद तथा गोपनीयताको शपथ लिएसँगै उनले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
उनले बिहीबार दिउँसो १ बजे नवनिर्वाचित प्रतिनिधि सभा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउँदैछन् । त्यसअघि बिहीबार मध्यान्ह १२ बजेका लागि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक आह्वान गरिएको छ ।
बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका एकरएक जना र स्वतन्त्रबाट निर्वाचित सांसदलाई बोलाइएको छ । बैठकमा संसद सञ्चालनलगायतका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image