करेन्ट लगाएर श्रीमतीको हत्याको आरोपमा श्रीमान् पक्राउ

हेटौंडा टुडे
७ पुष २०७९, बिहीबार १०:४६

हेटौडा। करेन्ट लगाएर श्रीमतीको हत्या गरेको आरोपमा पर्साबाट प्रहरीले श्रीमान‍्लाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ जैसौलीमा श्रीमती रिंकुकुमारी दासको हत्या गरेको आरोपमा प्रहरीले उनका श्रीमान् कुशलकुमार दासलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, कुशलले श्रीमतीलाई करेन्ट लगाएर हत्या गरेपछि गाडीले किचेर ज्यान गएको देखाउनका लागि भाइ भरत दासलाई बोलाएर मृतक रिंकुको शरीरमाथि पिकअप गाडी गुडाउन लगाएका थिए ।घटनामा प्रयोग भएको ना ३ च ६२४७ नम्वरको गाडी आरोपीले लुकाएको र खोजी गरेर गाडी भेटिएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image