हेटौडा। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिणाममा सुन बरामद भएको छ। प्रहरीका अनुसार सुडानी नागरिकबाट झन्डै १९ किलो सुन बरामद भएको हो । फ्लाई दुबईको ५१९ नम्बरको उडानबाट शुक्रबार काठमाडौं आएका सुडानी नागरिक मोहम्मद अहमेदले डफला साराफेल्दिन सुनसहित पक्राउ परेका हुन्। विमानस्थलको आगमनतर्फको भन्सार क्षेत्रमा चेकजाँचका क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो।
सेयर गर्नुहोस्