पल शाह विरुद्धको मुद्दामा जिल्ला अदालत तनहुँद्वारा नवलपुर जिल्ला अदालतको फैसला मगायो

हेटौंडा टुडे
११ पुष २०७९, सोमबार १५:२८

हेटौंडा| जिल्ला अदालत तनहुँले पल शाह विरुद्धको जबरजस्ती करणी मुद्दामा नवलपुर जिल्ला अदालतको फैसला मगाउन आदेश दिएको छ ।

न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले सोमबार नवलपुर जिल्ला अदालतमा शाहविरुद्ध रहेको जबरजस्ती करणी मुद्दाको स्थीतिबारे सोध्दै फैसलाको सक्कल फाइल माग गरेको जानकारी शाहका कानुन व्यवसायी वरिष्ट अधिवक्ता कमला मोहनले जानकारी दिएका छन् ।

उनका अनुसार आज सरकारी वकिल र शाहको कानुन व्यवसायीहरु दुवैतर्फबाट बहस भएको थियो ।

असोज २१ गते शाहलाई नवलपुर जिल्ला अदालतले जबरजस्ती करणीको मुद्दा सफाइ दिएको थियो । तर, बालयौन दुरुपयोगको कसुरमा शाहलाई दोषी ठहर गर्दै दुई वर्ष ६ महिना कैद सजाय सुनाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*