हेटौडा । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सडक ट्राफिक अनुशासनको पालना गर्ने भएका छन् ।रविको सचिवालयका अनुसार उनले सडकमा रातो बत्ती बल्दा गाडी रोक्ने र ‘लेन क्रस’ नगर्ने अनुशासनबारे सचिवालयलाई निर्देशन गरेका छन् । यसअघिका मन्त्रीले ट्राफिक अनुशासन पालना गर्ने गरेका थिएनन् । भीभीआईपी र भीआईपी भन्दै गाडी चलाउने गरिन्थ्यो ।
सचिवालय स्रोतले भन्यो, ‘गृहमन्त्रीज्यू हरियो बत्तीमा मात्रै अगाडि बढ्नुहुन्छ, रातो बत्तीमा सबै सर्वसाधारण जस्तै रोकिनुहुन्छ । लेन क्रस हुने गरी ओभरटेक पनि गर्नुहुन्न ।’
सेयर गर्नुहोस्