“ गोरी न गोरी “ बोलको गीत सार्वजनिक

हेटौंडा टुडे
१२ पुष २०७९, मंगलवार १४:१३
Featured Video Play Icon

हेटौंडा| नेपाली गीत संगितको बजारमा चिर परिचित तथा पहिचान बोकेको नाम हो गायक राजु लामा । द भोइस अफ नेपालको जज भइ सकेपछि लामाको चर्चाले अझै आकाश छोएको छ । राजुले गाएका अधिकांश गीत हिट नम्बरमा पर्छन् । सुमधुर स्वरका धनी राजु लामाले गाएको “ गोरी न गोरी बोल “ को गीतको भिडियो हाल सार्वजनिक भएको छ ।

केशु गुरुङले साथ दिएको उत्त युगल गीतमा संगीत र रचना उत्तम थापा मगरको रहेको छ । मनाङ्गको सुन्दर ठाउँहरूमा छायांकन गरिएको यस भिडियोमा अनुश लामा ,पुर्णिमा थोक्कर लामाको अभिनय रहेको छ । मिलन शंकर क्यामेरा मेन रहेको उत्त भिडियोलाई फराज अर्पनले सम्पादन गरेका छन् । ड्रोन अपरेटर अबिनाश मानन्धर रहेको छन् ।

समिप इन्टरटेन्मेन्टले बजार व्यवस्थापन गरेको यस गीतको भिडियोमा तामाङ शैलीको गीतलाई भिन्नै रूपले प्रस्तुति दिएर दर्शक स्रोता साँझ ल्याएको निर्देशक दिलिप समनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*