आजबाट प्रवेश नि:शुल्क नेपाल टी–२० क्रिकेटमा

हेटौंडा टुडे
१४ पुष २०७९, बिहीबार ११:४३

हेटौंडा| काठमाडौंमा जारी नेपाल टी–२० क्रिकेटमा आजबाट दर्शकले नि:शुल्क प्रवेश पाउने भएका छन् ।

आयोजकका अनुसार प्रतियोगिताका म्याचहरूमा यसअघि १०० रुपैयाँ टिकट तोकिएकोमा आजदेखि नि:शुल्क गरिएको हो ।

नेपाल क्रिकेट संघ ९क्यान० को आधिकारिक टी–२० प्रतियोगिताका रूपमा रहेको नेपाल टी–२० गत शनिवारबाट सुरु भएको थियो । यस प्रतियोगितामा ६ वटा फ्रेन्चाइज टिमहरूले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताको विजेताले ५५ लाख रुपैयाँ पाउने पूर्व घोषणा गरिएको छ । यस प्रतियोगिताको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्सले गर्छ ।

आयोजक स्रोतका अनुसार दर्शकहरूलाई घरेलु क्रिकेटप्रति आकर्षण बढाउनका लागि प्रवेश नि:शुल्क गरिएको हो ।निःशुल्क अफर कति दिनलाई हो भन्ने चाहिँ खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image