पहाडी भू-भागमा मौसम आंशिक बदली रहने

हेटौंडा टुडे
२१ पुष २०७९, बिहीबार ११:२२

हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका पहाडी भू-भागमा आंशिक बदली  रही तराईका धेरै भू-भागहरूमा बाक्लो हुस्सु/कुहिरो लागिरहेको छ।
बिहीबार दिउँसो प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ प्रदेश १ को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली तथा  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image