हेटौंडा | बागमती प्रदेशमा नयाँ सरकार गठनका दावी पेश गर्न प्रदेश प्रमुखले दलहरुलाई आव्हान गरेका छन् ।
विहीबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधार २ अनुसार नयाँ सरकारको मुख्यमन्त्री नियुत्त गर्न २५ गते साँझ ४ बजे सम्मको समय सीमा दिएर नयाँ सरकार गठनका लागि आव्हान भएको हो ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त दाबी पेस गर्न प्रदेश प्रमुखबाट आव्हान भएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रकाश चापागाईंद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बागमती प्रदेशमा ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसद आवश्यक हुन्छ । यस प्रदेशमा सातवटा दलको प्रतिनिधित्व रहेको छ ।
सेयर गर्नुहोस्