सन्दीपको पेसी आज पनि उनकै कानुन व्यवसायीबाट स्थगित

हेटौंडा टुडे
२१ पुष २०७९, बिहीबार १२:४८

हेटौंडा| नेपाली क्रिकेट टिमका पूर्वक्याप्टेन सन्दीप लामिछानेको उच्च अदालत पाटनमा रहेको पुनरावेदनको पेसी स्थगीत भएको छ। लामिछानेका कानुन व्यवसायीबाट नै पेसी स्थगित गरिएको हो ।

लामिछानेलाई जबरजस्ती करणी मुद्दा जिल्ला अदालत काठमाडौंले पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । उक्त आदेशविरुद्धको पुनरावेदनमा पेसी स्थगित भएको हो ।

पेसी न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरिश्‍वर भण्डारीको इजलासमा तोकिएको थियो ।

यसअघि दुई पटक पेसी तोकिएको थियो । एकपटक लामिछानेकै कानुन व्यवसायीको तर्फबाट पेसी स्थगित गरिएको थियो । दोस्रो पटक भने इजलासको समय अभावका कारण सुनुवाइ हुन सकेको थिएन ।

लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा नाबालिगलाई बलात्कार गरेको अभियोगमा मुद्दा चलिरहेको छ । उनलाई कत्तिक १८ गते जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । दुई पटकभन्दा बढी कानुन व्यवसायीबाट नै पेसी स्थगित गर्न पाइँदैन ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image