टी-२० क्रिकेट : जनकपुरद्वारा लुम्बिनी पराजित

हेटौंडा टुडे
२२ पुष २०७९, शुक्रबार १३:५६

हेटौंडा| पहिलो संस्करणको नेपाल टी-ट्वान्टी क्रिकेट लिगमा जनकपुर रोयल्सले लुम्बिनी अल स्टारलाई पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा जनकपुरले लुम्बिनीलाई २३ रनले पराजित गर्दै क्वालिफायरमा प्रवेश गरेको हो । दुवै टोलीको लिग चरणको खेल समाप्त भएसँगै दुवै टोली क्वालिफायरमा पुगेका हुन् । लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा र जनकपुर अंक तालिकाको दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुग्न सफल भए । 

जितका लागि एक सय ६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७ ओभरमा सात विकेट गुमाएर एक सय ३६ रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि अनिल शाहले ३५ रन बनाउँदा लाहिरु मिलन्थाले ३२ रन बनाए । त्यस्तै सुनिल धमलाले २७ रन जोडे भने गुलशन झाले अविजित १० रन बनाए । 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image