अनुष्का–विराट छोरी लिएर वृन्दावन पुगे

हेटौंडा टुडे
२२ पुष २०७९, शुक्रबार १४:५५

हेटौंडा| बलिउड अभिनेत्री अनुष्का शर्मा र विराट कोहली अहिले वृन्दावनमा सँगै समय बिताइरहेका छन्। दुवैलाई हालै बाबा निम करोलीको आश्रममा छोरीसँग देखिएको थियो। त्यहाँको एउटा भिडिओ सार्वजनिक भएको छ । जसमा अनुष्का र विराट आफ्नी छोरीसँग देखिएका छन्।

भिडिओमा अनुष्का र विराट हात जोडेर बसिरहेका छन्। उनीहरुकी छोरी वामिका आमा अनुष्काको काखमा बसेकी छन्। जब स्वामीजी आएर अनुष्कालाई चुन्नी लगाएर वामिकाको घाँटीमा माला लगाइदिन्छन् तब वामिकाको क्युट प्र्याङ्कले फ्यानको मन जित्छ।

सेतो पहिरनमा वामिका निकै सुन्दर देखिएकी छन्। वामिकाको यो भिडिओ हेरेर फ्यान निकै खुसी भएका छन्। एक प्रयोगकर्ताले टिप्पणी गर्दै लेखेका छन्, ‘भगवान्‌ले यस परिवारको कल्याण गरून् । वामिका धेरै प्यारी छन्।’

अनुष्का–विराटले वृन्दावनमा मानिसहरूलाई कम्बल बाँडेका छन्। अनुष्का र विराटले आश्रममा करिब एक घण्टा ध्यान पनि गरेका थिए।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image