चलचित्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा कपिल खड्का

हेटौंडा टुडे
२५ पुष २०७९, सोमबार १३:४२

हेटौडा । कपिल खड्काको नेतृत्वमा चलचित्र पत्रकार संघ नेपाल मकवानपुरले नयाँ कार्यसमिति चयन गरेको छ ।सोमबार बिहान हेटौंडामा सम्पन्न १३ औं वार्षिक साधारणसभाबाट दोस्रो कार्यकालका लागि खड्काको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चयन भएको हो ।

संघको उपाध्यक्षमा श्रीराम अर्जुन, सचिवमा रविन्द्र गौतम र कोषाध्यक्षमा मनोज देवकोटा चयन भएका छन् । त्यस्तै सहसचिवमा दीपेश दाहाल, सदस्यमा दर्शन क्षेत्री, मञ्जु मैनाली, सन्नु रिजाल र प्रवेश धिताल चयन भएका छन् । नवनिर्वाचित समितिको कार्यकाल ३ वर्षको हुनेछ ।

कार्यवाहक अध्यक्ष कपिल खड्काको सभाध्यक्ष तथा वाग्मती प्रदेश सरकारका भौतिक पुर्वधार राज्यमन्त्री सन्तबहादुर चेपाङको प्रमुख आतिथ्यमा  तथा संघको केन्द्रीय  समितिका संगठन उपाध्यक्ष कुवेर डंगोलको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा संघका कोषाध्यक्ष मनोज देवकोटा र सचिव श्रीराम अर्जुनले संघको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सुनील खड्का, बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारुमगर, जिल्ला अध्यक्ष मणिराज गौतम, संघका संस्थापक अध्यक्ष कुमार अधिकारी, पुर्व अध्यक्ष रामशरण दुलाल, पत्रकार महासंघका निवर्तमान अध्यक्ष हरि हुमागाई, कलाकार अमिर गौतम, ओम हल सञ्चालन राम प्रधान लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*