हेटौडा । बागमती प्रदेशको चौंथो मुख्यमन्त्री माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं संसदीय दलका नेता शालिकराम जमकट्टेल बन्ने भएका छन् ।आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक ले बागमतीमा पहिलो चरणमा माओवादीले सरकारको नेतृत्व गर्ने सहमती भएको हो । प्रदेशमा माओवादी र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने भएको हो ।
उनी प्रदेशको कामचलाउ आर्थिक मामिला तथा कानुन मन्त्रीसमेत हुन् । प्रदेशसभाको पहिलो कार्यकालमै तत्कालीन नेकपा सरकारमा जम्मकट्टेल आन्तरिक मामिला तथा कानुनमन्त्री थिए ।
बागमती प्रदेश्सभाको सभामुख राप्रपाले पाउने भएको छ । एमालेले उपसभामुख लिने सहमति भएको बताइएको छ ।
प्रदेशसभामा ६६ प्रत्यक्ष र ४४ समानुपातिक गरी ११० सिट संख्या रहेकोमा सरकार बनाउन ५६ सिट आवश्यक पर्छ । एमाले, माओवादी केन्द्र र राप्रपा मात्र मिल्दा बागमतीमा सहजै सरकार बन्नेछ ।