बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले लिए सपथ

हेटौंडा टुडे
२६ पुष २०७९, मंगलवार १३:०४

हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्रीमा सालिकराम जम्कट्टेलले पद तथा गोपनीयताको शपथ लिदै २ सदस्य मन्त्रिमण्डल विस्तार गरेका छन्।

माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता रहेका जम्कट्टेलले मंगलबार बिहान प्रदेश प्रमुखको कार्यालयमा भएको एक कार्यक्रमकाबीच प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष शपथ लिएका हुन्।

जम्कट्टेल नेकपा एमाले, राप्रपा,नेकपा ९एस० र हाम्रो नेपाली पार्टीको समर्थनमा नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन्।जम्कट्टेलसँगै नेकपा एमाले,राप्रपा,नेकपा एस र हाम्रो नेपाली पार्टी नेतृत्व गठबन्धनबाट २ जनाले मन्त्रीको शपथ लिएका छन्।

नेकपा एमालेबाट संसदीय दलका नेता जगन्नाथ थपलिया,राप्रपाका संसदीय दलका नेता उद्धव थापाले मन्त्रीको शपथ लिएका हुन्। नवनियुक्त मन्त्रीहरुले पनि प्रदेश प्रमुख शर्मासमक्ष शपथ लिएका हुन्। थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालय र राप्रपा संसदीय दलका नेता रहेका उद्धव थापालाई पछि तोकिनेगरी मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*