हेटौडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलबीच भेट भएको छ ।
बिहिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्न जमकट्टेल पुगेका हुन् । भेटमा दाहाल र जमकट्टेलबीच बधाई आदानप्रदान भएको थियो ।
मूख्यमन्त्री नियुक्त भएपछिको भेटमा प्रदेश सरकार संचालन र समसामयिक परिस्थितिबारे पनि कुरा भएको जनाइएको छ । बागमती प्रदेशमा सरकारले पूर्णता पाउन बाँकी छ भने सभामुख, उपसभामुख, विभिन्न संसदीय समितिका सभापति चयनको हुन बाँकी छ ।
सेयर गर्नुहोस्