बागमती प्रदेश को सभामुखमा राप्रपाका पाठक र कांग्रेसका अधिकारीले उम्मेदवारी दिने

हेटौंडा टुडे
२८ पुष २०७९, बिहीबार ११:५७

हेटौँडा । बागमती प्रदेशको सभामुखको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भुवन पाठक र नेपाली कांग्रेसबाट शिवराज अधिकारीले उम्मेदवारी दिने भएका छन् ।
राप्रपाले सत्तारुढ दलको तर्फबाट प्रदेशसभा सांसद भुवन पाठकलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने कांग्रेसले प्रदेशसभा सांसद अधिकारीलाई सभामुखको उम्मेदवार बनाउने भएको छ ।

दुबैजना उम्मेदवारहरुले भोली हुने निर्वाचनको लागि आज उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । सत्तारुढ दलको भागवण्डामा बागमती प्रदेशको सभामुख आफुहरुको भागमा परेपछि पार्टीका केन्द्रीय महामन्त्री समेत रहेका पाठकलाई उम्मेदवार बनाउने निर्णय भएको राप्रपा संसदीय दलका नेता उद्धब थापाले बताए । सभामुख पाठकलाई सत्तारुढ तथा सत्ता समर्थक ७० सांसदको साथ रहेको छ ।
३७ जना सांसद रहेको नेपाली कांग्रेसले पनि धादिङबाट समानुपातिक सांसद रहेका अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले बताए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image