क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौं लगियो

हेटौंडा टुडे
२९ पुष २०७९, शुक्रबार १४:२३

हेटौंडा| बलात्कार आरोपमा २० लाख धरौटीमा रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौं लगिएको छ । शुक्रबार केन्द्रीय कारागार सुन्धाराबाट आवश्यक प्रक्रियाका लागि लामिछानेलाई अदालत लगिएको हो ।

उच्च अदालत पाटनले एक किशोरीलाई बलात्कार आरोपमा लामिछानेलाई २० लाख धरौटीमा सर्तसहित रिहा गर्न आदेश दिएको थियो । लामिछाने जिल्ला अदालत काठमाडौंको पुर्पक्षमा थुनामै रहने आदेशविरुद्ध उच्च अदालत गएका थिए । लामिछानेलाई आवश्यक प्रक्रिया मिलाएर रिहा गर्ने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image