मनकामना दुग्ध सहकारीको ३५ औं साधारण सभा सप्पन्न

हेटौंडा टुडे
३० पुष २०७९, शनिबार १३:२६

हेटौंडा । मकवानपुरगाढी गाउपालिका वडा नम्बर ३ मा अबस्थित रहेको मनकामना दुग्ध उत्पादक सहकारी सस्था लिमिटेडको ३५ औ बार्षिक साधारण सभा  सनिवार सम्म्पन भएको छ । बागमती प्रदेश  माननीय साम्सद प्रेम बहादुर पुलामी छिन्तुको प्रमुख आथित्यता एवम सहकारीको अध्यक्ष अर्जुन प्रसाद दहालको सभाअध्यक्षतामा साधारण सभा सम्पन्न भएको थियो ।साधारणसभामा संस्थाका अध्यक्ष दहालले संस्थागत प्रतिवेदन  पेश गरेका थिए ।
भेलामा आज विभिन्न ब्यक्तिहरुलाई पुरस्कार तथा सम्मान बित्तरण गरेको छ । भेलाले जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि प्रसाद कडेल , केन्द्रिय दुग्ध सहकारी संघका केन्द्रिय सदस्य तथा पुर्ब गाउपालिका अध्यक्ष बिदुर हुमागाई र  जिल्ला संघ सदस्य जनक रेग्मिलाई सम्मान गरेको छ । तेस्तै सबै भन्दा बढी दुग्ध बिक्री गर्ने प्रथम पुस्कार नरेन्द्र लम्साल, दुतिय पुरस्कार अर्जुन प्रसाद दहाल र तृतीय पुरस्कार सुभद्रा बजगाई लाई सम्मान गरेको छ । साथै असली ऋणि तर्फ भिम कुमारी न्यौपाने र असली कारोबार मुकुन्द प्रसाद दहाल सम्मान गरेको छ ।                                                  कार्यक्रममा बोल्दै प्रमुख अतिथी बागमती प्रदेश सदस्य माननीय साम्सद प्रेम बहादुर पुलामीले जिल्लाको पहिलो दुग्ध सहकारीको रुपमा रहेको यो सहकारी अब जिल्लाको मात्रै नभई प्रदेश कै उत्कृष्ट सहकारिता बन्न तर्फ अगाडि बढ्न तर्फ बताउनु भयो । सस्थाको लामो ईतिहास रहेकोले यो सस्थाको अझ बढी सम्भावना रहे सङै चुनौती पनि रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथी मकवानपुरगढी गाउँपालिका उपाध्यक्ष मानकुमारी पाखृनले कृषिलाई अब प्रबिधि सङ जोडिनु पर्ने कुरामा जोड दिनु भएको छ साथै मकवानपुरगढी गाउपालिका भित्र रहेको दाना उद्योगलाई पालिका सरकारले पनि चासोको रूपमा लिएको कुरा बताउनु भयो ।  कृषि र किसान सङ आफू सधैं सहकार्य गर्न  पनि तयार रहेको बताउनु भयो ।

साथ साथै विशिष्ट अतिथी मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले आफू पनि किसान नै रहेको र आफ्नो बिहानी बेलुकिको काम पनि कृषि कर्म नै रहेकाले कृषि र किसान प्रती आफ्नो सधै सम्मान रहेको बताउनु भयो ।  साथै दुग्ध सहकारि सस्थाले आगमी दिनमा पालिका स्थरबाट  छाता सङठन बनाउन  पनि पालिका भरका दुग्ध सहकारीहरुलाई  आग्रह गर्नु भयो र दुग्ध सहकारी सस्थाको उज्वल भबिश्यको समेत कामना गर्नु भयो ।

कार्यक्रममा विशिष्ट अथिती  केन्द्रिय दुग्ध सहकारी संघका केन्द्रिय सदस्य , राटृय सहकारी माहासङका सन्चालक सदस्री एवम बागमती प्रदेश सहकारी बिकाश बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटा  अतिथीहरु मकवानपुर दुग्ध सहकारी सस्थाका  ब्यबस्थापक कुमारमणि दहाल , मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भागबत घिमिरे , रानी सामुदायिक बन उपभोक्त समुहका अध्यक्ष बिष्णु न्यौपाने  ,श्रीजनसिल समाज बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष कृष्ण बिडारी , कालिदेवि दुग्ध उत्पादक सहकारी सस्थाका अध्यक्ष बिक्रम योन्जन , साना किसान कृषि सहकारी सस्थाका  अध्यक्ष निर्मला लम्साल , केन्द्रिय दुग्ध सहकारी संघका केन्द्रिय सदस्य , पुर्ब गाउपालिका अध्यक्ष बिदुर हुमागाई । जिल्ला सहकारी संघका पुर्ब अध्यक्ष बद्री प्रसाद लम्साल । हिमाल महिला बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष जानुका दहाल सन्चारकर्मी मनोज देबकोटा , गोबिन्द सर्मा तिमल्सिना , भिमसेन पौडेल र यम प्रसाद पौडेलको उपस्थित रहेको थियो ।

सहकारीमा हाल संकलित दुधबाट बजारको माग अनुसार दहि, घ्यु, पनिर, वटर तयार पारी विक्री गर्ने गरेको छ । सहकारीले खुला दुध विक्री गरिरहेको अवस्थामा अब भने पाश्चुराईज प्याकेजिङ्ग दुध विक्री गरिने भएको छ । संस्थामा मिल्क रिसिभिङ्ग एक थान, मिल्क अनलाइजर फिल्टर एक थान, मिल्क पम्प ५ थान, मिल्क पाश्चाराइजर, अनलाइन क्रिम सेपेटर, मिल्क होमोराइजेसन, मिल्क प्याकेजिङ, कोल्ड स्टोर, डि फ्रिज, आइक्रिम फिजर लगायत विभिन्न मेसिनरी सामाग्रीहरु रहेको छ । सस्थामा हाल १२८ महिला र २२० पुरुष गरि जम्मा ३४८ सेर सदस्य रहेका छन ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image