पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

हेटौंडा टुडे
१ माघ २०७९, आईतवार ११:४९

हेटौडा । पोखरामा आईतवार बिहान यति एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । काठमाडौंबाट पोखराका लागि बिहान उडेको यतिको एटिआर–७२ विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनु अघि नयाँगाउँमा दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय कास्कीले काजानकारी दिएको छ ।

वरिष्ठ क्याप्टेन कमल केसीले उडाएको बिमानमा ७२ यात्रु क्षमताको एटीआर विमानमा कति यात्रु थिए र कति क्षति भएको छ भन्नेबारे यकिन हुन बाकी छ ।  स्थानीयहरूले दुर्घटनास्थलबाट आगो लागिरहेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image