हेटौंडा । चलचित्र ह्यारिकि प्यारीको टोली आज हेटौंडा आइपुगेका छन् । चलचित्र प्रचार प्रसारको क्रममा निर्माण तथा कलाकार टोलि आज सोमबार हेटौंडा आइपुगेका हुन् । आउदो माघ २० गते देशभर एकसाथ प्रदर्शनको तयारीमा रहेको छ । चलचित्रका निर्देशक डा कपिल रिजाल कलाकारहरु जितु नेपाल , साम्राज्ञी राज्यलक्ष्मी शाह, बिजय बराल लगाएतका टोलि आज हेटौंडामा आइपुगेका हुन् ।
चलचित्रका निर्देशक रिजालले हेटौंडामा पत्रकारसंग कुराकानि गर्दे आफनो पहिलो प्रयास भए पनि चलचित्र राम्रो बनेको र दर्शकहरुले मन पराउनेमा आफु बिश्वस्त रहेको बताउनु भयो । रिजालका अनुसार चलचित्र लगानीका हिसाबले पनि धेरै भएको बताउदै चलचित्र बिभिन्न भाषामा निर्माण गरीएता पनि नेपालमा नेपाली भाषामा चलचित्र प्रर्दशन हुने समेत उनले बताए । पत्रकार हरुसंग कुरागर्दै कलाकार एवम अभिनेता जितु नेपालले चलचित्र ‘ह्यारी कि प्यारी’ फरक चलचित्र बनेको र आफुले अभिनय गरेका चलचित्र भन्दा फरक बिषय उठान भएको बताएका छन । आफ्नो चलचित्रका बारे पत्रकारहरु संग कुरा गर्दै नायिका सामराज्ञी आरएल शाहले आफुले अहिले सम्म खेलेको चलचित्र भन्दा फरक र कमेडी बेशको चलचित्रमा काम गर्ने अबसर पाएको बताईन ।