
हेटौंडा । बिमान दुर्घटनामा मृत्यु भएका यात्रुहरुको सम्झानामा हेटौंडामा दिप प्रज्ज्वलन गरिएको छ । नेपाल पत्रकार महासंघ, मकवानपुर शाखाको आयोजनामा मकवानपुरका सञ्चारकर्मीहरुले हेटौंडाको बुद्धचोकमा दिप प्रज्वलन गरेका हुन् ।
नेपाल पत्रकार महासंघका केन्दीय सदस्य त्रिभुवन पौडेल, अर्का सञ्चारकर्मी अनिल साही सहित ७२ जना सवार यती एयरलाइन्सको विमान पोखरामा आइतबार बिहान दुर्घटना भएको थियो ।
दिप प्रज्वलन कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप बिष्ट, नेपाल पत्रकार महासंघ मकवानपुरका पुर्वअध्यक्ष भानुभक्त आचार्य, महासंघका प्रदेश महासचिव कृष्ण सारु मगर, मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतम, प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण गौतम, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष अन्जली थापा लगायतको उपस्थिती रहेको थियो ।


सेयर गर्नुहोस्