लागूऔषधसहित एक जनालाई पक्राउ

हेटौंडा टुडे
३ माघ २०७९, मंगलवार १०:५२

हेटौंडा| सर्लाहीको बागमती नगरपालिका–४ डाबरी टोलबाट प्रहरीले आइतबार साँझ लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले अवैध लागूऔषध गाँजा २५० ग्रामसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय ३८ वर्षीय वीरबहादुर डिमडुङ रहेका छन् ।

उनलाई ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image