राप्रपाका दिपकबहादुर सिंह राज्यमन्त्री बन्ने

हेटौंडा टुडे
३ माघ २०७९, मंगलवार १२:०३

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका केन्द्रीय सदस्य तथा मकवानपुर क्षेत्र नंबर १ बाट निर्वाचित सांसद दिपकबहादुर सिंह राज्यमन्त्री बन्ने भएका छन् ।
राप्रपाबाट उनी सहरी विकास राज्यमन्त्री बन्ने भएका हुन् । सत्तारुढ दलले मन्त्रालय भागवण्डा टुंगो लगाएसँगै सिंहले राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गर्ने भएका हुन् ।

यस अघि सिंह मुख्य सचेतक बन्ने चर्चा रहेको थियो । तत्कालिन सत्ता गठवन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्यय डिना तथा नेकपा एमालेको तर्फबाट राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गर्दै सिंह मकवानपुर–१ बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image