विधि र पद्धती बाहिर गृह मन्त्रालय जाँदैन : गृहमन्त्री लामिछाने

हेटौंडा टुडे
५ माघ २०७९, बिहीबार १३:२६

हेटौडा। गृहमन्त्री रवि लामिछानेले विधि र पद्धती बाहिर गृह मन्त्रालय नजाने बताएका छन् । संसदमा हत्या आरोपी सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्नुपर्ने आवाज उठेपछि उनले यस्तो बताएका हुन् ।
उनले एकजना सांसदको विषयमा प्रश्न उठेको भएपनि विधि र पद्धती बाहिर गृह मन्त्रालय नजाने भन्दै त्यसको छुट्टै प्रक्रिया रहेको बताए । उनले त्यसमा कसैको दबाबबाट गृह मन्त्रालय टसमस नहुने दावी गर्दै कसैबाट पनि दबाब र प्रभाव आउने छैन भन्ने विश्वास रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image