उपसभामुख पदको निर्वाचनका लागि आज मनोनयन दर्ता

हेटौंडा टुडे
६ माघ २०७९, शुक्रबार १०:५०

हेटौडा । प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सार्वजनिक गरेको उपसभामुख पदको निर्वाचन कार्यक्रमअनुसार आज दिउँसो दिउसो १ः०० बजेदेखि ४ः०० बजेसम्म उपसभामुख पदमा मनोनयन दर्ता र अपराह्न ४ः१५ बजे उम्मेदवारीको सूची प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

माघ ७ गते शनिवार दिउँसो १ः०० बजे प्रतिनिधिसभाको बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने, प्रस्तावकले प्रस्ताव गर्ने समर्थकले समर्थन गर्ने र उम्मेदवारीको सूचनामाथि सामूहिक रूपमा छलफल हुने र दर्ता क्रम अनुसार निर्णयार्थ प्रस्तुत हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image