चौथोँ संस्करणको थाहा गोल्डकपको उपाधि माउन्टेन एफसीलाई

हेटौंडा टुडे
६ माघ २०७९, शुक्रबार १५:१४

हेटौंडा । चौथोँ संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि काठमाडौंको माउन्टेन एफसीले जितेको छ ।

थाहा नगरपालिकाको इद्रायणी खेलमैदानमा बिहीबार भएको फाइनल खेलमा घरेलु टोली पारिजात स्मृति पुस्तकालय चित्लाङलाई २–१ गोल अन्तरले पराजित गर्दै माउन्टेनले उपाधि हात पारेको हो ।

प्रतियोगिताको विजेता माउन्टेन एफसीले नगद २ लाख सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता पारिजातले नगद १ लाख सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image