अभिनेत्री सुवेक्षाले गरिन् इन्गेजमेन्ट

हेटौंडा टुडे
६ माघ २०७९, शुक्रबार १६:०२

हेटौंडा| अभिनेत्री तथा पूर्वमिस नेपाल सुवेक्षा खड्काले इन्गेजमेन्ट गरेकी छन्। उनले आफ्नो प्रेमी आश्वासन जोशीसँग इन्गेजमेन्ट गरेकी हुन्।

बिहीबार काठमाडौंको एक होटलमा उनीहरूले परिवार र नजिकका साथीको उपस्थितिमा इन्गेजमेन्ट गरेका छन्। समारोहमा अभिनेत्री तथा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ, पूर्वमिस नेपाल अश्मी श्रेष्ठ, अभिनेत्री सन्ध्या केसीलगायत उपस्थित थिए।

केही समयअघि आश्वासनले चितवनमा सुवेक्षालाई औंठी लगाउँदै विवाहको प्रस्ताव राखेका थिए। उनीहरू यसैवर्ष विवाह गर्ने योजनामा छन्।

सुवेक्षाले ‘रणवीर’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन्। तर फिल्मले बक्स अफिसमा राम्रो कमाइ गर्न सकेन।

उनको आगामी फिल्म ‘प्रेमा’ चैत्र ४ गतेदेखि प्रदर्शन हुँदैछ। फिल्मलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image