डिस्चार्ज भए वर्षमान पुन

हेटौंडा टुडे
६ माघ २०७९, शुक्रबार १६:५६

हेटौडा । स्वास्थ्यमा सुधार आएपछि माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन्। उनलाई अस्पतालले केही समय आराम गर्न सल्लाह दिएको सचिवालयले जनाएको छ।

लामो समयदेखि जन्डिस रोगबाट पीडित पुन केही समय अघि गृहजिल्ला रोल्पा गएका वेला एक्कासि स्वास्थ्यमा समस्या आएपछि काठमाडौं फर्खिएर ललितपुरको सुमेरू अस्पतालमा भर्ना भएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*