मनहरीमा लागुऔषध सहित दुईजना पक्राउ

हेटौंडा टुडे
७ माघ २०७९, शनिबार ११:१६

हेटौंडा। मकवानपुरको मनहरीमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटेको प्रहरी टोलीले लागुऔषध सहित दुईजनालाई पक्राउ गरेको छ।

शुक्रबार राति मनहरी-८ दारिमबासमा संकास्पद अवस्थामा हिँडिरहेका दुईजनालाई चेकजाच गर्दा अन्दाजी २१ किलो  लागूऔषध गाजा सहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा मकवानपुरको मनहरी-८ नै बस्ने ४२ बर्षीय राज कुमार प्रजा र सोही स्थान बस्ने ४५ बर्षीय जित बहादुर मगर रहेको जनाइएको छ।पक्राउ परेका माथी आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image