उर्जा क्षेत्रबाटै मुलुकलाइ समृद्ध बनाउन सकिन्छ :राज्यमन्त्री सिंह

हेटौंडा टुडे
७ माघ २०७९, शनिबार ११:३०

हेटौंडा| उर्जा राज्यमन्त्री दिपक बहादुर सिंहले उर्जा क्षेत्रबाटै मुलुकलाइ समृद्ध बनाउन सकिने बताउनु भएको छ ।

नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै राज्यमन्त्री सिंहले उर्जा क्षेत्रबाटै मुलुकलाइ समृद्ध बनाउन सकिने बताउनुभयो । नेपालमा बिद्युत उत्पादनको सम्भावना धेरै भएको र बिद्युत ब्यापरबाटै मुलुकले ठूलो फड्को मर्ने उहाँको भनाई छ । ।शुभकामना तथा स्वागत कार्यक्रमलाई सम्वोधन गर्दै उपप्रधान एवं उर्जा जलश्रोत तथा सिंचाइ मन्त्री राजेन्द्र लिंङदेनले उर्जा क्षेत्र देशकै उत्थान र पतन संग जोडिएको विषय भएको वताउनुभयो ।

कर्मचारी वढुवा र सरुवामा आफ्नो ध्यान नभएको स्पष्ट पार्दै उहाले उर्जाको वाटो वाट देशलाई माथी उठाउने चाहनामा डटेर लाग्न कर्मचारीलाई निर्देशन समेत दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image