शुक्रवारदेखि चलचित्र जीवनसाथी प्रदर्शन हुने

हेटौंडा टुडे
९ माघ २०७९, सोमबार १२:०३

हेटौडा ।प्रेमकथामा आधारित चलचित्र ‘जीवनसाथी’ माघ १३ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।यो चलचित्रको मुख्य भूमिकामा किशोर खतिवडा, अर्जुन गुरुङ, जयकिसन बस्नेत, सानिया खान रहेका छन् ।

प्रिन्सराज श्रेष्ठ, भरत कुमार मल्ल, दीपक तामाङ लामाको निर्माण रहेको चलचित्र फायर इन्टरप्राइजेज प्रा।लि। र सिन्का फिल्म प्रोडक्सन प्रा।लि।ले निर्माण गरेको हो । भरतकुमार मल्लको प्रस्तुति रहेको चलचित्र मुलुक बाहिर मलेसिया, फ्रान्स, पोर्चुगल, जापानमा समेत विशेष प्रदर्शन हुने निर्देशक लामाले जानकारी दिएका छन् ।नेपाली तथा तामाङ भाषाको दर्जनौं सफल चलचित्रहरू प्रस्तुत गरिसकेका निर्देशक लामा दर्शकले चलचित्र रुचाउनेमा विश्वस्त छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image