घ्युकुमारीको जुस पिउनुको फाइदा

हेटौंडा टुडे
९ माघ २०७९, सोमबार १४:१४

हेटौडा । घ्युकुमारीको जुस नियमित पिउँदा शरीरमा इनर्जी बढ्छ । घ्युकुमारीको जुसमा कैयौँ पोषण तत्व, भिटामिन र मिनरल हुन्छन् । जसले शरीरको सिस्टममा सुधार ल्याउने गर्छ र ऊर्जा बढाउँछ । यस्तो जुस पिउँदा शरीरको प्रतिरक्षा क्षमता पनि बढेर जान्छ । यसका लागि घ्युकुमारीकोे पात काटी त्यसलाई खुर्किएर तीनदेखि चार चम्चा निकाली त्यसको जुस तयार पार्नुस् ।

यसको नियमित सेवन गर्दा कब्जियतको समस्याबाट पनि बच्न सकिन्छ ।

घ्युकुमारीको जुसको सेवनले छालामा पनि निखार ल्याउने गर्छ ।

यसको नियमित सेवनले छालालाई लामो समयसम्म जीवित र चमकदार राख्ने गर्छ ।

यसले छालाका विभिन्न समस्या, रिङ्कल्स, दाग, धब्बा, आँखाको कालो घेराजस्ता समस्या हटाउन भूमिका खेल्छ ।

यसले कपालमा पनि चमक ल्याउने गर्छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image