पहिलो पटक मुगल सेनालाई पराजित गरेको स्मरणमा आज विजय उत्सव मनाउँदै मकवानपुरगढी

हेटौंडा टुडे
१० माघ २०७९, मंगलवार १३:११

हेटौंडा| आज माघ १० गते अर्थात विसं १८१९ माघ १० गते आजैको दिन गोरखा सेनाले पहिलो पटक विदेशी सेना मुगल सेनालाई पराजित थियो ।

२६० वर्षअघि माघ १० गते तत्कालिन मकवानपुरगढी दरबार परिसरमा गोरखा सेना र मुगल सेनाबीच युद्ध भएको थियो ।

गुरगिनन खाँको नेतृत्वमा आएको करिब २५ सय मुगल सेनाका फौजलाई गोरखा सेनाले परास्त गरेको थियो ।

युद्धमा मुगलका करिब १७ सय फौज र गोरखा फौजतर्फका करिब ३० जनाको मृत्यु भएको थियो ।

युद्धमा गोरखाली सेनाले ५ सय भन्दा बढी आधुनिक हातहतियार र शक्तिशाली तोप २ थान हात पारेको थियो ।

मुगल सेनालाई पराजित गरेको पहिलो विजयोत्सव मनाउन तत्तकालिन पृथ्वीनारायण शाह स्वयम् गढी दरबारमा उपस्थित भएका थिए । मुगल सेनाका फौज पराजित भएपछि उत्साहित बनेका पृथ्वीनारायण उत्सवमा सहभागी हुन मकवानपुरगढी आइपुगेका थिए ।

मुगल सेनाका फौजलाई पराजित गरेको स्मरणमा हरेक वर्ष मकवानपुरगढी गाउँपालिका स्थित मकवानपुरगढी दरबारमा हरेक वर्षको माघ १० गते विजय उत्सव मनाइदैँ आएको छ ।

आज पनि एक दरबार परिसरमा एक कार्यक्रम गर्दै विजय उत्सव मनाउने कार्यक्रम रहेको छ ।

तत्तकालिन मकवानपुर राज्यको दरबारको रूपमा रहेको मकवानपुरगढी दरबार क्षेत्र परिसर पछिल्लो वर्षहरुमा आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यको रूपमा विकास भइरहेको छ ।

मकवानपुगढी दरबार परिसरमा पिकनिक स्थल सहित नेपालको सातै प्रदेश झल्कने नक्सा, सेतो हात्तिको प्रतिमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image