गुम्बाडाँडामा भेटिएको शवको पहिचान खुल्यो : शव खतिवडा रहेको पुष्टि

हेटौंडा टुडे
१० माघ २०७९, मंगलवार १७:१८

हेटौंडा । हेटौंडा १८ हर्नामाडि गुम्बाडाँडा छेउमा भेटिएको शबको पहिचान खुलेको छ । मृतक चितवन जिल्ला राप्ति नगरपालिका वडा नम्बर २ गडौलि बस्ने गोपाल प्रसाद खतिवडा रहेको जिल्ला प्रहरि कार्यालय मकवानपुरले जनाएको छ । आज बिहान करिब ९ बजे तिर बेवारिशे अबस्थामा शव भेटिएको थियो । बिहान घास काट्न जान स्थानियले देखेपछी नजिकैको प्रहरिलाई खबर गरेका थिए । अन्दाजी ५०- ५५ वर्षको पुरुषको शव नाङ्गो अबस्थामा भेटिएको स्थानियले बताएका छन । घटनाको थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image