
हेटौंडा । कञ्चनपुरको पुनर्वास नगरपालिकामा अटो दुर्घटना हुँदा हेटौंडाका एकजनाको मृत्यु भएको छ ।शनिबार पुनर्वास नगरपालीका(५ सिम्रीस्थित धनगढि(बेलौरी हुलाकी सडकमा म १ ह ८२४ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा हेटौंडा उपमहानगरपालिका(१ का ३१ वर्षीय सरोज रिमालको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका रिमालको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा २ जना घाइते भएका छन् । घाइते भएका सिन्धुलि नगरपालिका(११ का १८ वर्षीया सबिना घिमिरे र महोत्तरीको बर्दिवास नगरपालिका(४ का २२ वर्षीय शुशिल बुढाथोकिको मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस्