देशभर २० सक्रिय कोरोना संक्रमित

हेटौंडा टुडे
१६ माघ २०७९, सोमबार १६:३०

हेटौंडा|पछिल्लो २४ घण्टामा देशभर तीनजना कोभिड १९ संक्रमित थपिएका छन्  । एक हजार १५६ वटा नमूना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको हो ।

चौबीस घण्टामा एकजना संक्रमणमुक्त भएका छन् । देशभर अहिले सक्रिय संक्रमितको संख्या २० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image