आज मेलामा गायक प्रकाश सपुत, खेम सेन्चुरी अस्मिता अधिकारी र कमेडियन प्रभात लामाको प्रस्तुती

हेटौंडा टुडे
१७ माघ २०७९, मंगलवार १०:२०

हेटौंडा ।  हेटौंडा १० टिसिएन चौरमा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा आज मंगलबार गायिका अस्मिता अधिकारी र खेम सेन्चुरी आउने भएका छन् । उनीहरुको साथै कमेडियन प्रभात लामाको प्रस्तुती रहनेछ ।

सोमबार  बाल गायक अशोक दर्जी र संगीतकार तथा गायक टंक बुढाथोकी, गायिका मञ्जु पौडेल, कलाकार सुलेमान शंकर (ईकु) र बेली डान्सर अस्मिता पुरीले आफ्नो प्रस्तुती देखाएका थिए ।  साथै हेटौंडामा रहेको जमादार ग्रुपको स्वदेशी अभियानको प्रवद्र्धन तथा प्रोत्साहनका लागि चर्चित गायक प्रकाश सपुतको विशेष सांगीतिक प्रस्तुती रहने जनाइएको छ ।

साथै महोत्सवमा हरेक दिन मकवानपुरका स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत गरिरहेका छन् । महोत्सवमा हेटौंडा आइडल गायन प्रतियोगिता र  हेटौंडा डान्सिङ स्टार प्रतियोगितामा पनि दैनिक भइरहेको छ ।

११ गतेबाट सुरु भएको महोत्सव माघ २३ गते सम्म सञ्चालन हुनेछ । महोत्सवमा विभिन्न किसिमका वस्तु विक्री तथा प्रदर्शन,बाल उद्यान, साँस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, हेटौंडा आइडल, हेटौंडा डान्सिङ स्टार, निशुल्क स्वास्थ्य शिविरहरु महोत्सवमा रहेको संघका महासचिव दीपक उप्रेतीले बताए ।

महोत्सवमा सोमबार निशुल्क स्वास्थ्य शिविरमा सञ्चो हस्पिटलका विशेषज्ञबाट स्वास्थ्य परिक्षण गरिएको थियो ।  आज मंगलबार हेटौंडा सामूदायिक आँखा अस्पतालबाट सेवा प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image