सुनको भाउ अहिलेसम्मकै उच्च

हेटौंडा टुडे
१९ माघ २०७९, बिहीबार ११:१३

हेटौडा । सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । आज तोलामा सुनको भाउ १ लाख ७ हजार ५ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै महँगो हो । यसअघि गएको १२ गते सुनको भाउ बढेर तोलामा १ लाख ६ हजार ९ सय रुपैयाँमा पुगेको थियो ।

हिजो सुनको भाउ तोलामा १ लाख ६ हजार ३ सय रुपैयाँ थियो । हिजोको भाउभन्दा आज सुन तोलामा १ हजार २ सय रुपैयाँले धेरै हो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपालमा पनि महँगो भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image