त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित एक जना पक्राउ

हेटौंडा टुडे
१९ माघ २०७९, बिहीबार १२:३८

हेटौंडा|त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो अबैध सुनसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा क्यानेडियन नागरिक ३५ वर्षीय मोहम्मद कमल माहगौब रहेका छन् । उनी गएराति दुबईबाट सुन लिएर नेपाल आएका थिए ।

उनलाई विमानस्थल, भन्सार शाखाले पक्राउ गरेको हो । शाखाले पक्राउ परेका माहगौबलाई अनुसन्धानको लागि गौशाला प्रहरी वृतमा पठाएको छ ।

प्रहरीले उनी माथी थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image