
हेटौंडा| हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ अन्तरगत आज कर्मा ब्याण्डको प्रस्तुती रहने भएको छ । ब्याण्डका टोली बिहीबार नै हेटौंडा आइपुगेका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा माघ ११ गतेदेखि जारी मेलामा आज कर्मा ब्याण्डको साथै गायक नस राज र गायिक ऋतु कंडेलको पनि प्रस्तुती रहने जनाइएको छ ।
यसअघि बिहीबार गायिका प्रिती आले, गायक हेमन्तशर्मा र कृष्ण काफ्ल, मोडल करिश्मा ढकाल, कमेडियन शिवहरि नेपाल र अस्मितालगायत स्थानीय कलाकरले बजोड प्रस्तुती दिएका थिए ।
यस्तै, भोली शनिबार युवापुस्ताका मनमुटुमा बसेका गायक प्रताप दास, निशान भट्टराई, बाल गायक जेनिश उप्रेतीको प्रस्तुती रहनेछ भने आइतबार भने शान्तिश्री परियार, सुजील कर्माचार्य लगायतको प्रस्तुती रहने जनाइएको छ ।
माघ २३ गतेसम्म संचालन हुने मेलामा विभिन्न किसिमका वस्तु बिक्री तथा प्रदर्शन, बाल उद्यान, साँस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, हेटौंडा आइडल, हेटौंडा डान्सिङ स्टार, निःशुल्क स्वास्थ्य शिविरहरु मेलामा रहेको संघका महासचिव दीपक उप्रेतीले बताए ।

