
हेटौडा। हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ मयुरधाप बस्ने लक्ष्मण लोप्चनको विष सेवनबाट मृत्यु भएको छ ।
अन्दाजी ३५ वर्षीय लोप्चनको झार मार्ने प्याराकोईट नामक विष सेवनबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, लोप्चनले गत माघ ६ गते झार मार्ने प्याराकोईट नामक विषादी सेवन गरेका थिए । विष सेवनबाट गम्भीर बिरामी भएका उनलाई उपचारको लागि टिचिङ अस्पताल काठमाडौंमा लगिएकोमा थप उपचारको लागि के।एम।सी अस्पताल सिंनामगल रिफर गरिएको थियो ।
उनको उपचारको क्रममा बिहीबार अपराह्न सवा ४ बजेको समयमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।


सेयर गर्नुहोस्