
हेटौडा । बागमती प्रदेश पत्रकार महासंघको तेस्रो साधारणसभा दोलखाको जिरीमा सुरु भएको छ।
माघ २० र २१ गते दुईदिन सम्म चल्ने साधारणसभाको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरेका छन्। नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटाको सभाध्यक्षतामा सुरु साधारणसभामा बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, बागमती प्रदेशका संचार रजिष्ट्रार रेवती प्रसाद सापकोटा, दोलखाका स्थानीय तहका प्रमुख,दोलखाका प्रमुख जिल्ला अधिकारी शेखर पौडेल, प्रेस युनियन,प्रेस चौतारी,प्रेस संगठन,समाजवादी प्रेस संगठनका केन्द्रीय प्रतिनिधी,प्रदेश संयोजक र प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो। दुई दिन सम्म चल्ने तेस्रो साधारणसभा शनिवार सम्पन्न हुनेछ। कार्यक्रमले जिरी घोषणापत्र जारी गर्ने अध्यक्ष देवकोटाले बताए। साधारणसभामा बागमती प्रदेशका १०० भन्दा बढी प्रदेश पार्षदको सहभागिता रहेको छ।

