
हेटौंडा । बागमती प्रदेशको नेकपा (एमाले) संसदीय दलको प्रमुख सचेतकमा सांसद मधुसुदन पौडेल नियुक्त भएका छन् । उनलाई दलका नेता जगन्नाथ थपलियाले प्रमुख सचेतकमा नियुक्त गरेको संसदीय दलको कार्यालयले जानकारी दिएको छ ।
पौडेल ललितपुर १ को १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । पौडेल नेकपा (माओवादी केन्द्र) का हरि दाहाललाई पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । पौडेलले ११ हजार २९९ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी रहेका दाहालले ८ हजार ६५६ मत प्राप्त गरेका थिए ।


सेयर गर्नुहोस्