हेटौंडामा तेस्रो बाल साहित्य महोत्सव हुने

हेटौंडा टुडे
२० माघ २०७९, शुक्रबार १७:१५

हेटौंडा । आउँदो माघ २७ गते शुक्रबार र २८ गते शनिबार हेटौंडामा महोत्सव  हुन लागेको हो । हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा हेटौंडाको नवोदय शिशु सदन मावि, हेटौंडा स्कूल अफ म्यानेजमेन्ट र काठमाडौं पब्लिकेसन्सको आयोजनामा होत्सवहुन लागेको हो । महोत्सवमा भारतीय लेखक समिना मिश्र र पाकिस्तानी शिक्षाविद् रुमना हुसेनको पनि सहभागिता रहने छ । । दुई दिनको कार्यशालामा तीन हजार पाँच सयभन्दा बढी विद्यार्थी, शिक्षक तथा अभिभावकसहित सरोकारवालाको सहभागिता रहने नवोदय शिशु सदनका निर्देशक दीपेश जोशीले जानकारी दिनुभएको छ ।

नवोदय शिशु सदन मा वि हेटौंडा–४, मा आयोजना हुने महोत्सवको पहिलो दिन १२ वटा विविध विषयमा फरक फरक व्यक्तित्वले सहजीकरण गर्ने गरी कार्यशाला हुने महोत्सवका संयोजक सिएम रिमालले जानकारी दिनुभयो । करिब १५ लाख रुपैयाँ लागत अनुमान गरिएको महोत्सवमा विद्यार्थीले आफ्नो कला प्रस्तुतीकरण समेत गर्नेछन् ।विद्यार्थीमा पठन संस्कृतिको विकास गर्ने र विद्यार्थीमा कला–साहित्यको सीप तथा सिर्जनात्मक क्षमता अभिवृद्धि संगै स्थानीय कला–साहित्य, बाजागाजा र संस्कृतिको पहिचान गराउँदै त्यसप्रति रुचि जगाउने महोत्सवको उद्देश्य रहेको निर्देशक जोशीले पत्रकार सम्मेलन मार्फत जानकारि गराउनु भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*