हेटौंडा मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा सनिबार दर्शकको अत्याधिक घुइँचो लागेको छ । अन्य दिन भन्दा पनि बिदाको दिन र मेलाको अत्य अत्य भएकाले दर्शकहरुको चाप बढेको आयोजकले जनाएको छ ।
सनिवार चर्चित गाएक प्रताप दास , निसान भट्टराई र बाल गाएक जेनिस उप्रेतीले आफ्नो सांगीतिक प्रस्तुती दिएका थिए । प्रताप दासले फुल होईन ,,,,,,, फोटो फिरिममा ,,,,,,,, हर युगको प्रेम होस ,,,,, मोटरसाईकलमा घुम्नलाई लगाएत का गितहरुमा दर्सकहरुलाई नचाएका थिए भने निसानले के माया लाग्छ र ,,,,, भिजिट भिसामा ,,,,, बजाएर बाजा ,,,,,,,, तेस्तै जेनिसले फुलको थुङा , लगाएतको गितहरु बाट दर्सकलाई मनोरन्जन प्रदान गरेका थिय ।
आज शनिबार दर्शकहरुको अत्याधिक चाप बढेको बढेकाले आउन जान सहज होस् भनी आयोजकले करिब २ घण्टा टिकट विक्रीमा रोक लगाएको थियो ।
दर्शकहरुको जन गुनासो रहेपछि आयोजकले टिकट विक्री रोकेको थियो । दर्शकको घुइँचो सामान्य भएपश्चात टिकट विक्री सुरु गरिएको संघका कोषाध्यक्ष सन्तोषकुमार अर्यालले बताए ।
शनिबार करिब ३० हजार भन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरेका छन् । महोत्सवको एघारौं दिन शनिबार करिब ७० लाख बराबरको कारोबार भएको अनुमान आयोजकको रहेको छ ।
मेलामा भोली आइतबार गायिका शान्तिश्री परियार र गायक सुजील कर्माचार्यको प्रस्तुती रहने रहने महोत्सवका कलाकार मनोञ्जन समितिका संयोजक एवम् संघका उपाध्यक्ष उज्वल चौलागाईले जानकारी दिनु भयो ।
महोत्सवमा हेटौंडा आइडल गायन प्रतियोगिता र हेटौंडा डान्सिङ स्टार प्रतियोगिता पनि भइरहेको छ । हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टारमा मकवानपुरका विभिन्न नवप्रतिभाहरुले प्रतिस्पर्धा गरिरहेका छन् । हेटौंडा आइडलको आफ्ना मनपर्ने प्रतिस्पर्धीलाई एसएमएस र टिकटको अर्थकट्टीबाट भोट हाल्न सकिने व्यवस्था गरिएको आयोजक जनाएको छ । शनिबार आइडलबाट विजय लामा र आवाज सुनार बाहिरेका छन् ।