बागमती प्रदेशसभाको बैठक आज आइतबारका लागि आह्वान

हेटौंडा टुडे
२२ माघ २०७९, आईतवार ११:५३

हेटौंडा । बागमती प्रदेशसभाको बैठक आजका लागि आह्वान भएको छ। प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक आज दिउँसो २ बजेका लागि डाकिएको हो।

प्रदेशसभाको बैठक गत माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेपछि स्थगित भएको थियो। मंसिर ४ मा भएको निर्वाचनपछि शुरु भएको प्रदेशसभाको दोस्रो कार्यकालमा हालसम्म ६ वटा बैठक बसेको छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image