हेटौँडा । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्रलाई प्रदेश सरकारको साथ र सहयोग रहने बताएका छन् । प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसको अवसरमा जिल्ला शाखा मकवानपुरले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले पछिल्लो समयमा नेपाली अर्थ ब्यवस्थामा आएको संकटको कारण पत्रकारिता क्षेत्रमा पनि गम्भिर असर परेको भन्दै चौथो अंगको सवालमा प्रदेश सरकार गम्भिर रहेको बताए ।
प्रदेश सरकारका मुख्यमन्त्रीले बागमती प्रदेशकको पत्रकार कल्याण कोषमा ५० लाख रुपैँया दिने घोषणा गरिसकेको विषयलाई कार्यन्वयनमा लैजान सरकार तयार रहेको भन्दै मन्त्री श्रेष्ठले नेपाली पत्रकारिता क्षेत्रले देशमा आमुल परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको आफुहरुलाई स्मरण रहेको बताए । अहिलेको गम्भिर आर्थिक संकटको समयमा पत्रकारहरु पनि केहि समय सेवा भावको आधारमा काम गर्नुपर्ने भन्दै मन्त्री श्रेष्ठले पत्रकारिता क्षेत्रमा रहेका समस्यालाई समाधान गर्नको लागि आफुहरु हरदम तयार रहेको बताए ।
प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले मकवानपुरका सचिव नविन सिग्देल, सहसचिव हिदम लामा, प्रचार विभाग प्रमुख धु्रवप्रसाद चौँलागाई, चौतारी केन्द्रीय सदस्य हरिप्रसाद हुँमागाँई, प्रदेश महासचिव प्रकाश दाहाल, पत्रकार महासंघ बागती प्रदेशका सस्थापक अध्यक्ष प्रताप विष्ट लगाएतको आतिथ्यता रहेको थियो ।खबरब्रेक बाट