राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारबाट बाहिरिने निर्णय

हेटौंडा टुडे
२२ माघ २०७९, आईतवार १६:२९

हेटौंडा| राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आइतबार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकले सो निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डल सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र सो पार्टीलाई गृहमन्त्रालय नदिने सन्देश दिएलगत्तै सो पार्टीले सरकारबाट बारिहने निर्णय गरेको हो ।

बैठकले सरकारका मन्त्री फिर्ता बोलाउने निर्णय गरेपनि समर्थन भने जारी राख्ने निर्णय गरेको छ ।  रास्वपाबाट सरकारमा मन्त्रीहरु बनेकाहरुले आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*