पानीको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु

हेटौंडा टुडे
२३ माघ २०७९, सोमबार ११:२८

हेटौडा । पानीको खाल्डोमा डुबेर गौशाला नगरपालिका –१२ जमुनियामा रहेको निकेत ईट्टा भट्टाको एक बालिकाको मृत्यु भएको छ ।  ईटा भट्टामा काम गर्ने कामदार सर्लाही ब्रहमपुरी गाउँपालिका–६ नोकेलबा बस्ने रामपोषण माझीको छोरी १ वर्षीया रञ्जना माझीको आइतबार मृत्यु भएको हो ।

पानीको खाल्डोमा खेल्ने क्रममा डुबेर अशक्त भएकी बालिकाको प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*